डेनमार्क र इटली क्ववाटर फाइनलमा प्रवेश

काठमाडौं, असार १३ डेनमार्क र इटली युरो कप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेका  छन्।

शनिबार राति भएको खेलमा वेल्सलाई ४-० ले हराउँदै डेनमार्क अन्तिम ८ मा प्रवेश गरेको हो। डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे भने जोकिम माहेल र मार्टिन ब्रेथवेटले पनि गोल गरे। डेनमार्कले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

खेलको २७ औं मिनेटमा डोलवर्गले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाए। दोस्रो हाफको सुरुआतमै डोलवर्डले नै गोल थपेपछि डेनमार्कले वेल्समाथि २–० को अग्रता लियो। उनले ४८औं मिनेटमा वेल्सका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।

खेलको ८८औं मिनेटमा जोहकिम मेइलले गोल गरेपछि डेनमार्कले ३–० को अग्रता लियो। उनले जेन्सनको पासमा वेल्सका दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए। खेलको इन्जुरी समयमा ह्यारी विल्सनले धै रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटियो।

इन्जुरी समयको चौथो मिनेटमा ब्रेथवेटले गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए। सुरुमा उनको गोललार्इ लाइन्सम्यानले अफसाइड दिएका थिए। तर, भारमार्फत रेफ्रीले उक्त गोललाई मान्यता दिए। अबकाे  आइतबार राति हुने खेल डेनमार्कले क्वार्टफाइनलमा  हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ।

भने  वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पहिलो हाफमा इटलीका सिरो इम्मोबाइलको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । ६७औं मिनेटमा मार्को अर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएपनि भिएआरले अफसाइड रहेकोले गोललाई मान्यता दिएन ।

भिएआरको सहयोगमा बचेको इटलीले अतिरिक्त समयमा दुई गोल गर्‍यो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । त्यसको पाँचौ अर्थात खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । उनी ८४औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमै मैदान प्रवेश गरेका थिए । युरोमा आठौं पटक इटलीले अतिरिक्त समयमा खेलेको र पहिलो पटक गोल गरेको हो ।

१०५औं मिनेटमा अर्का वैकल्पिक खेलाडी माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा निकोलो बरेलाको स्थानमा मैदान प्रवेश गरेका उनले फ्रान्सेस्को असेर्बीको पासमा गोल गरेका हुन् ।

११३औ मिनेटमा अष्ट्रियाका सासा कलासिसले गोल गर्दै गोल अन्तर घटाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार