निषेधाज्ञा थप खुकुलाे, काठमाडौं उपत्यकामा के खोल्ने, के नखोल्ने

काठमाडौं, १४ असार  – काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । आज बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो।

थपिएको सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहारी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून,ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कुनै पनि कार्यक्रम सञ्चालन गर्न भने पाईने छैन् ।

यस्तै, काठमाडौँ उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा विहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने जनाईएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार