२ हजार ६३४ कोरोना संक्रमित थपिए, १ हजार ५६५ जना डिस्चार्ज

काठमाडौँ, २२ असार  – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५०३ जनाको पीसीआर परीक्षणबाट १ हजार ७१८ र ५ हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जना गरी जम्मा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार