http://jagdambacement.com/

अमेरिकामा भीषण गर्मि, ११२ डिग्री फरेनहाइट सम्म तापक्रम, लु का कारण ११६ जनाले ज्यान गुमाए

अमेरिका, २४ असार -अमेरिकाको प्रशान्त क्षेत्रमा भिषण गर्मिले अवस्था खराब हुदै गएको छ । यहाको राष्ट्रिय मौसम मापन केन्द्रका अनुसार प्रशान्त उत्तर पश्चित क्षेत्रमा लु का कारण तापक्रममा भारी वृद्धि भएको छ । दैनिक तापक्रम सय डिग्री फरेनहाइट भन्दा अधिक भइरहको छ ।

राष्ट्रिय मौसम विभागले यसलाई रेकर्ड तोडने असामान्य र खतरनाक भएको बताएको छ । अमेरिकाको पोर्टल्यान्डमा आइतबार दिउसो ११२ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो । अघिल्लो दिन १०८ फरेनहाइट तापक्रम रहेको थियो । यस अघि पोर्टल्यान्डमा सन् १९६५ र १९८१ मा १०७ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो ।

अमेरिकाको विभिन्न राज्यमा भीषण गर्मिले अहिले उत्पात मच्चाइरहेको छ । अमेरिकाको विशेष गरि ओरेगन राज्य गर्मिबाट बढी प्रभावित बन्न पुगेको छ । ओरेगनमा अहिलेसम्म गर्मिका कारण चलेको लु का कारण ११६ जनाको ज्यान गइसकेको स्वाथ्य विभागले जारी गरेको तथ्याङकमा उल्लेख गरिएको छ।

लुको चपेटामा परेर ज्यान गुमाउनेमा सबैभन्दा कम उमेर ३७ वर्ष तथगा बढी उमेरका ९७ वर्ष उमेर समुहका व्यक्ति रहेका छन् । ओरेगनको पोर्टल्यान्ड सहर गर्मिबाट बढी प्रभावित बनेको छ ।

गर्भरन केट ब्राउनले गर्मिबाट प्रभावित र ज्यान गुमाउनेहरु बढेपछि स्थानिय एजेन्सीहरु संग आकस्मिक बैठक बसेर चालिने कदमका बारेमा छलफल गरेका छन् । पोर्टल्यान्डको तापक्रमले अहिलेसम्मको सबै रेकर्ड तोडेको छ ।

पछिल्लो तीन दिनमा ओरेगन संगै बासिङटन संगै अन्य राज्यहरुमा पनि गर्मिको असर देखिएको छ । मौसम विज्ञहरुले अधिक गर्मि हुुनुमा मौसम परिवर्तन समेत एउटा कारण हुन सक्ने बताएका छन् । अमेरिकाका केही राज्यमा तापक्रम ११५ डिग्री फरेनहाइट सम्म पुगीरहेको छ ।

यो अहिलेसम्मकै अधिक गर्मि हो । यस्तै बासिङटन सियाटलमा पनि शनिवार अधिक गर्मि महसुस गरिएको थियो । सोमबार र मंगलबार झनै गर्मि बढने मौसम विज्ञहरुले अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार