काठमाडौँ, ६ श्रावण – नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) को ३० औं बार्षिकोत्सब तथा ४० औ वि. पि. स्मृति दिवसको उपलक्ष्यमा NTCWU प्रादेशिक समिती , बगमती प्रदेश , काठमाडौंले एकीकृत सिर्जनशिल समाज, नेपाल, शुभकामना चाेकमा बस्दै आएका विभिन्न कारणले अभिभावक गुमाउन पुगेका करिब ४७ जना भाईबहिनीहरूलाई पचास हजारकाे स्वास्थ्य सामाग्री र तीस हजारकाे चेक हस्तान्तरण गरेकाे छ ।
सामाजिक उतरदायित्व र समाजप्रतिकाे ट्रेड यूनियनकाे मानविय जिम्मेवारीलाई समेत विगत वर्षहरू देखि नै पूरा गर्दै आएकाे यस यूनियनले यस्ता सामाजिक जिम्मेवारीहरूमा आगामि दिनमा समेत निरन्तरता दिने NTCWU प्रादेशिक समिती , बगमती प्रदेश अध्यक्ष अचुत ओझाले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस काठमाडौ क्षेत्र नं ६ का सभापति स्यामकृष्ण खड्कीले बि पिकाे समाजवाद र सपना तबमात्र पूरा हुन सक्छ जब यी अबाेध बालबालिका जस्काे अभिभावक छैन तर पनि समाजका सहयाेगि मनहरूका कारण सहजै गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य पाउन सक्छन । सम्पन्नता र सुविधाकाे उपभाेग गर्न अरू सरह समाजमा आफुलाई काबिल बनाउने अवसर पाउँछन् ।
अन्यथा विपि काे सपना सिद्धान्तमा सिमित रहने समाज र जिवनमा कहिले अनुभुति गर्न नसक्ने भएकाेले यस्ताे पुण्य कार्यक्रममा काग्रेसीहरू सधै लागि रहनु पर्ने सुझाव दिए । साथै यूनियनले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनु भयाे ।
कार्यक्रममा यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद जाेशी, तारकेश्वर नगरपालिका वडा नं १० का नेपाली काग्रेस वडा सभापति कुमार राई र कार्यक्रमका सभापति एवं यूनियनका वाग्मती प्रदेश अध्यक्ष अचुत ओझाले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम संयाेजन सह सचिव सुस्मा थापाले गर्नु भएकाे थियाे भने संचालन सचिव बिनाेद घिमिरेले गर्नु भएकाे थियाे ।