काठमाडौँमा आजदेखि ५० वर्ष वा सोभन्दा माथिका सबैलाई भेरोसेल खोप लगाइँदै

काठमाडौँ, १४ श्रावण – काठमाडौँमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदैछ । महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेका ५० बर्षभन्दा माथी उमेर रहेकालाई आजदेखि फेरि भेरोसेलको खोप लगाउन लागिएको हो ।

पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान  महानगरले अनुरोध गरेको छ । खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार