पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौँ, १९ श्रावण – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेका हुन् ।

डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सन् २००९ देखि कप्तानको भूमिकामा रहेका उनले २ वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।

१९ वर्ष व्यावसायिक क्रिकेट खेलेका खण्डाले कप्तानबाट राजीनामा दिएको २ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि बिदा लिने घोषणा गरेका छन् । उनले २०७६ असोज २८ मा कप्तानबाट राजीनामा दिएका थिए । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी मानिएका खड्काले राष्ट्रिय टोलीलाई पनि सफलता दिलाएका थिए ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले आफ्नै कप्तानीमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म दिलाउन भूमिका खेलेका थिए । नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनलाई सफल अलराउन्डर मानिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार