विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ,  १९ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मङ्गलवार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।

आम नागरिकका तर्फबाट यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई समेत कुलमानलाई ल्याउन दबाब थियो । तर उनले कुलमानलाई पन्छाएर हितेन्द्रदेव शाक्यलाई ल्याएका थिए । त्यसपछि सरकारको चौतर्फी आलोचना भएको थियो । सो बखत प्रधानमन्त्री भन्दा कुलमानको चर्चा बढी भएपछि ओलीले कुलमानलाई दोहोर्‍याउन चाहेका थिएनन् ।

त्यसपछि ओलीले २०७७ माघ  २७ गते शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । त्यसअघि उनी २०७७ कात्तिक २१ बाट प्राधिकरणमा  कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार