देशभर ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

काठमाडौँ उपत्यकामा मात्रै एकैदिन १ हजार २७९ जनामा संक्रमण

काठमाडौँ, २० श्रावण – पछिल्लो २४ घन्टामा देशभर चार हजार एक सय सातजना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार नौ सय ७५ र एन्टिजेन परीक्षणमा एक हजार एक सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ११ हजार तीन सय ५४ नमुनाको पिसिआर र चार हजार नौ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ३५ जना डिस्चार्ज भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै एकैदिन १ हजार २७९ जनामा संक्रमण

केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार (हिजो)को भन्दा बढी हो ।

मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित देशभरी कोरोना संक्रमितको संख्या ४ हजार १०७ थपिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार