सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेञ्जबिच रेमिट्यान्स कारोबार शुरु

काठमाडौं, १० भदौ – कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार सुरु भएको छ । अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिटान्स कम्पनी हो । जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् ।

कुवेतमा रहेका नेपालीहरुले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । साथै, नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार