काँग्रेस १४औँ महाधिवेशन, ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौँ, ११ भदौ – महाधिवेशनको सङ्घारमा रहेको दल नेपाली काँग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक गरेको छ। काँग्रेसको निर्वाचन समितिले बिहीबार ३८ र शुक्रवार १० गरी ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको हो।

निर्वाचन समिति समितिका संयोजक महादेव प्रसाद यादवले क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका जिल्लाहरूको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको जानकारी दिए। नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा नामावली प्रकाशित गरेको छ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपुर (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

यसैगरी भदौ ११ गते समितिले धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख, अछाम, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख, अछामको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको संयोजक यादवले बताए।

भदौ १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरू
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. सङ्खुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुङ्गा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लमजुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (बर्दघाट सुस्ता पूर्व)
२५. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनप’र

भदौ ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरू
३९ धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्युठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार