आई पे रेमिट हरितालिका तीज टिकटक च्यालेन्जमा सहभागी हुँदा बम्पर पुरस्कार

काठमाडौँ नेपालमा रेमिटेन्स् भित्राउन अब्बल स्थानमा रहेको आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ ।

भाद्र १४ गते बाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ । भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगी ले Lucky Draw मार्फत Bumper Cash Prize रु २०,००० जित्ने मौका पाउनुहुनेछ ।

साथै यस च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले Lucky Draw मार्फत रु. ५०० को टपअप पाउनु हुनेछ भने सर्बाधिक लाइक आएको कुनै एक प्रत्योगिली नगद पुरस्कार रु. १०,००० जित्ने मौका पाउनु हुनेछ ।

मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुक बाट रकम ल्याईरहेको आई पे रेमिट ले रियल टाईम एकाउन्ट डिपोजि, ई वलेट टपअप सुविधा साथै नेपाल भर छरिएर रहेको १२०००ं भुक्तानि काउन्टरबाट ग्राहकवर्गहरुलाई सुविधा दिदै आइरहेको छ ।

अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार