काठमाडौं, ३१ भदौ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७८ सालको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘सिटी आयो लखपति बनायो’ उपहार योजना ल्याएको छ । कम्पनीका अनुसार ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको हो ।
सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६ १दिनलगातार हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने छ । हरेक महिना ५ जनालाई १÷१ लाख रुपैयाँ गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार यो अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।