सातौँ संविधान दिवस२०७८ मा ९०३ जना विभूषित, अर्घाखाँचीबाट ५ जना

काठमाडौँ, ३ आश्विन सरकारले सातौँ संविधान दिवस, २०७८ का अवसरमा ९०३ जनालाई विभूषित गरेको छ ।  जसमा अर्घाखाँची जिल्लाबाट संविधान दिवसकाे अवसरमा  ५ जना विभुषित भएका छन् ।

संविधान दिवसकाे अवसरमा छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पाेखरेल, छत्रदेव गाउँपालिका वार्ड नम्बर १ छत्रदेवका कृषि बिकास बैंक लिमिटेड मुख्य कार्यालय काठमाडौका वरिष्ट शाखा प्रमुख डा. सुरज टन्डन, भुमिकास्थान नगरपालिका वार्ड नं ८ नुवाकोटकी  नेपाल संस्कृत विश्वबिधालयका सहप्राध्यापक डा. विमला  शर्मा, सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका गृह मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत नारायण खत्री  र सन्धिखर्कका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नायव सुब्बा पदमा कार्यरत कृष्ण प्रसाद आचार्य गरी ५ जना विभुषित भएका हुन् ।
छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पाेखरेल सुप्रवल जनसेवाश्री पदकबाट विभुषित भएका छन् । छत्रदेव गाउँपालिका वार्ड नम्बर १ छत्रदेवका कृषि बिकास बैंक लिमिटेड मुख्य कार्यालय काठमाडौका वरिष्ट शाखा प्रमुख डा. सुरज टन्डन प्रबल जनसेवाश्री पदकद्वारा बिभुषित भएका छन् । टण्डन विगत लामो समयदेखि वित्तीय क्षेत्र विभिन्न संस्थामा रहि विशेषज्ञ, विज्ञ तथा कर्मचारीको रुपमा सेवा पुराउदै आएका छन् ।
नेपाल संस्कृत विश्वबिधालयका सहप्राध्यापक डा. विमला शर्मा प्रवल जनसेवाश्री पदकबाट विभुषित छन् ।साथै  गृह मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत नारायण खत्री पनि प्रवल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।  त्यस्तै सन्धिखर्कका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नायव सुब्बा पदमा कार्यरत कृष्ण प्रसाद आचार्यपनि जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

गृह मन्त्रालयका अनुसार यस वर्ष २५ किसिमका विभूषण घोषणा गरिएको छ । त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन् । ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड २०७५’ विभूषणका लागि छनोको मापदण्ड तोकेको छ ।

राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पु¥याएको पदाधिकारी एंव व्यक्ति, आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरी राष्ट्रलाई योगदान पुर्‍याएको पदाधिकारी वा व्यक्ति, सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आफूलाई तोकिएको कार्य प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको व्यक्ति विभूषित हुने भनिएको छ ।

विदेशी नागरिक भए नेपालको समुन्नति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्मान, गरिमा र पहिचान बढाउने कार्यमा विशेष योगदान पुर्‍याएको व्यक्ति हुनुपर्छ । यसै गरी कुनै साहसी, वुद्धिमत्तापूर्ण वा लोककल्याणको हित हुने कार्य गरी विशेष योगदान पु¥याएको व्यक्ति हुनुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार