गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु

काठमाडौँ, ६ आश्विन – गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका-८ खानिगाउँ थुम्का लाइनका तिलक परियारकाको घर माथिबाट ढुंगासहित खसेको पहिरोले पुरिँदा तीन दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडानम्बर -८ खानिगाउँ थुम्का लाइन बस्ने तिलक परियारकाे छाेरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको हो । घरको बीचको कोठामा सुतिरहेका तीन दिदीबहिनीको घर माथिबाट ढुंगासहित खसेको पहिरोले पुरिँदा मृत्यु भएको हो। गंगा-जमुना जुम्ल्याहा दिदीबहिनी भएको बताइएको छ ।

तर, अर्कै कोठामा सुतेका तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ। पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार