टेलिकम वर्कर्स युनियन काठमाडौंको विजया दशमी शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं, २२ आश्विन – नेपाल टेलिकम वर्कर्स युनियन NTCWU प्रादेशिक समिती , बगमती प्रदेश , काठमाडौंले नेपालीहरूको माहान चाड विजया दशमी, दिपावली, नेपालसम्वत ११४२ , छठ तथा ईदको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम २०७८ गरेको छ ।

कम्पनिमा कार्यरत कर्मचारी, व्यवस्थापन र यूनियनविच थप औधोगिक शान्ती, मेलमिला र सद्भाव बढाउने तथा आपसमा भेटघाट गरेर शुभकामना दिने उदेश्यले सधा झै यस पटक पनि कार्यक्रम गरिएको प्रादेशिक समिती , बगमती प्रदेशका अध्यक्ष अचुत ओझाले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका नेता पुर्व रक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय भिमसेनदास प्रधानले कम्पनि व्यवस्थापन र आम कर्मचारीलाई नेपाल टेलिकमलाई एक नम्बरको संस्था बनाउने गरि काम गर्न शुभकामना दिनु भयो ।

कम्पनीको विकास र सम्वृद्धिको लागि नेपाली काग्रेसको नेतृत्वमा सरकार रहेकोले राज्न पक्षबाट कुनै समस्या भए समधानको लागि आवश्य पहल गर्न आफु तयार रहेको समेत बताउनु भयो । साथै काग्रेसमा भईरहेको आन्तरीक प्रतिस्प्रर्धाले सक्षम योग्य व्यक्तीलाई नेतृत्वमा स्थापीत गर्ने हुँदा आगामी निर्वाचनबाट काग्रेसले बहुमत सहित राज्य संचालनको जिम्मेवारी पाउनेमा निश्चीत रहन सबैलाई आहावन गर्नुभयो ।

काग्रेस सधै मजदुरको पक्षमा रहेको पाटी हो । कम्पनीमा देखिएको समस्यालाई काग्रेसले नजीकबाट हेरीरहेको र विभागीए मन्त्री आएपछि यसको समधान हुने आफुले विश्वास लिएको बताउनु भयो । कम्पनीको हितमा लाग्न सबैलाई प्रेरणा मिल्योस् भन्दै शुभकामना दिनुभयो ।

टे्ड यूनियन काग्रेसका उपाध्यक्ष तेजेन्द्र जग कार्कीले कुर्सीमा पुगेपछि मजदुर विर्सने व्यवस्थापक र नेता दुवैले आफ्नो व्यवहार सुधार्रन पर्ने देखिन आएको बताए । यूनियनले उठाएर भएका सहमती हुबहु लागु गर्न व्यवस्थापनमा जागर आयोस् र यूनियनहरुमा पनि आफुले उठाएर सहमती भएका विषय लागु गर्न निरन्तर खबरदारी गर्ने उर्जा प्राप्तहोस् भन्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, NTCWUका सल्लाहाकार शकर लाममिछाने, कृष्णप्रसाद अर्याल, सह अध्यक्ष केशव हुमागाई लगाएतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सभापतीत्व प्रदेश अध्यक्ष अचुत ओझाले गर्नु भएको थियो । कार्यक्रम संचालन सचिव बिनोद घिमिरेले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार