कांग्रेस सभापतिका लागि पुनः मतदान हुँदै, प्रकाशमानको समर्थन देउवालाई

वरिष्ठ नेता पौडेलको माैन समर्थन  देउवालाई

काठमाडौँ, २८ मंसिर – नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । ‘देशभरीकै बहुमत महाधिवेशन प्रतिनिधिको चाहना शेरबहादुर देउवाजीसँगै देखिएकोले  प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने बताएका छन् ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।

मंगलबार विहान चाक्सीबारी पुगेका देउवालाई समर्थन गर्ने सिंहले बचन दिएका छन् । ‘देशभरीकै बहुमत महाधिवेशन प्रतिनिधिको चाहना शेरबहादुर देउवाजीसँगै देखिएको र त्यसमै स्वीकार्यता रहेको छ । हुनत नेतृत्व परिवर्तनको आवाज उठिरहे पनि देशको परिस्थिति अनुसार अघि बढ्नुपर्ने देखियो,’ उनले भने ।

विधान शंसोधन र पार्टीमा भइरहेको कमीकमजोरीलाई सुधार गरेर लैजाने देउवाले प्रतिवद्धता जनाएकाले देउवालाई नै समर्थन गर्नुपर्ने अवस्था आएको सिंहले बताए । पार्टीलाई परिवर्तन गर्नुपर्ने र प्रतिनिधिहरुको मतलाई सम्मान गर्न देउवा सहमत हुनुभएको पनि सिंहको प्रतिक्रिया छ । त्यस क्रममा देउवाले सिंहले देखाएको सदासहायताप्रति धन्यवाद दिए ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

त्येसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताका लागि बोलाएको चियापान कार्यक्रममा शेरबहादुर देउवा पुगेका छन्। सभापतिका उम्मेदवारसमेत रहेका देउवा पौडेलले लैनचौर ब्याङकेटमा आयोजना गरेको कार्यक्रममा पुगेपछि कार्यकर्ताले विरोधगरे।

मंगलबार विहान लैनचौर बान्क्वेटमा सबै महाधिवेशन प्रतिनिधिका लागि भनी बोलाइएको चियापानमा  सभापतिका लागि चुनाव दोस्रो चरणमा पुगेपछि महाधिवेशन प्रतिनिधिले पौडेलमाथि दबाब बढाएका हुन् । उनीहरुले पौडेलको मौनताप्रति प्रश्न उठाएका हुन् । आफ्नै समूहका नेतालाई नसघाएको भन्दै प्रतिनिधिहरु आक्रोशित छन् ।

तर पौडेलले आफूले राजनीतिक इमान र निष्ठा नछाड्ने भन्दै कसैलाई नसघाउने बताएका थिए । सभापतिमा इतर समूहबाट साझा सहमति नजुटेपछि पौडेल घरमै आराम गरेर बसेका थिए । उनी मतदान प्रक्रियामा पनि सामेल भएनन् ।

यसकारण वरिष्ठ नेता पौडेल माैन बसेकाले  शेरबहादुर  देउवालाई समर्थन रहेकाे जानकारहरुले बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार