http://jagdambacement.com/

प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौँ, २४ पुस – प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होम-आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा र प्रचण्डसँगै बसेका थिए ।

शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग  वार्तासमेत गरेका थिए । प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ ।

अध्यक्ष प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्षनेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा प्रचण्ड र देउवासहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न थिए भने माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागि थिए । जसमा नेता नारायणकाजीलाई  कोरोना पुष्टि भैसकेकाे छ ।

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत बैठकमा सहभागी थिए ।

अध्यक्ष प्रचण्डसँग सम्पर्कमा रहेका माओवादी नेताहरू मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोन संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार