http://jagdambacement.com/

भास्करराज राजकर्णीकार अध्यक्ष रहेकाे एभिन्युज टेलिभिजन समेतले तिरेन भ्याट

काठमाडौँ, २५ पुसआन्तरिक राजस्व कार्यालय पुतलीसडकले आइतबार सार्वजनिक सूचना निकाल्दै मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन ताकेता गरेकाे छ। आन्तरिक राजस्व कार्यालय पुतलीसडकले २३५ करदाताहरुलाई १५ दिनभित्र भ्याट बुझाउन भनेको छ ।

आन्तरिक राजस्व कार्यालय पुतलीसडकले भ्याट नतिर्ने २३५ जना करदाताको सूची सार्वजनिक गरेको हाे । उक्त सूचीअनुसार इन्डस्ट्रिज तथा  सञ्चार उद्यमीहरु पनि रहेका छन् ।

भास्करराज राजकर्णीकार अध्यक्ष रहेकाे एभिन्युज टेलिभिजन प्रालिको ५ करोड ३५ लाख १० हजार र एबिसी मिडिया प्रालिको ११ लाख ९२ हजार भ्याट तिर्न बाँकी रहेको देखिएको छ ।

त्यस्तै, एसिया प्यासिफिक कम्युनिकेसन एसोसिएट्स नेपाल प्रालि र न्यूज मिडिया प्रालिका सञ्चालक प्रभाशंकर श्रीवास्तव, कम्युनिकेट मिडिया प्रालि, बिजमान्डु प्रालि, स्पेसटाइम नेटवर्क प्रालि, माइन्ड वक्र्स मिडिया एन्ड इभेन्ट्स प्रालि, अनश्वर मिडिया प्रालिलगायत सञ्चारमाध्यमहरुले पनि भ्याट तिरेका छैनन् ।

सरकारी कम्पनी नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले पनि २ करोड ४८ लाख ११ हजार रुपैयाँ भ्याट तिर्न बाँकी रहेको कार्यलयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार