काठमाडौं उपत्यकामा २,२१९ सहित नेपालभर ४,६३६ कोरोना संक्रमित

काठमाडौं, १ माघ – काठमाडौं उपत्यकामा एकैदिन २,२१९ जना थपिएका छन् ।  थपिएकामा काठमाडौंका १५९१, भक्तपुरका १४२ र ललितपुरका ४८६ संक्रमित थपिएका छन् ।  नेपालभर पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज १० हजार ४ सय १२ जनाको पीसीआर र ४ हजार १ सय ४४ जनाको एन्टिजेन विधि गरी १४ हजार ५ सय ५६ जनाको नमूना परीक्षण हुँदा संक्रमण दर ३१.५ प्रतिशत देखिएको छ ।

यस अवधिमा ३ सय ५० जनामात्र संक्रमणमुक्त भएका छन् । थप ४ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक एकदुई जनाको मृत्यु भइरहेका बेला आज मृत्यु हुनेको संख्या बढेर ४ जना पुगेको हो । सक्रिय संक्रमितको संख्या समेत बढेर २१ हजार ५ सय ८४ पुगेको छ ।

जसमा १२ हजार ८ सय १४ अर्थात् आधा बढी काठमाडौं उपत्यकाकै हुन् । जसमा काठमाडौंका ९ हजार ६१, भक्तपुरका १ हजार ३७१ तथा ललितपुरका २ हजार ३८२ जना हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार