काठमाडौं, २ माघ – काठमाडौं उपत्यकामा एकैदिन ३,३४७ जना थपिएका छन् । काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालभर पछिल्लो २४ घण्टामा ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा ४,९६१ जनामा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म पीसीआरबाट ८ लाख ५३ हजार ७३८ जना संक्रमित भएका छन् । एन्टिजेनबाट १ लाख १ हजार ४६८ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएकाे छ ।
थप ५४ हजार ३१२ जनाले खोप लगाएका छन् । अहिलेसम्म नेपालमा २ करोड ७९ लाख ६५ हजार ५०० डोज खोप लगाइसकिएको छ । जसमा पहिलो डोजदेखि बुस्टर डोजसम्म लगाइएको छ ।