https://www.saurabhgroup.com/

फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्दै टेलिकम

काठमाडौँ, ६ माघ –  नेपाल टेलिकमले सुगम तथा दुर्गम स्थानहरूमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने भएको छ।  कम्पनीले एफटिटिएच उपलब्ध नभएका स्थानहरूमा फोरजी एलटिई नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराउने भएको हो।

यी प्याकेजहरू ग्राहकसम्म सहज रुपमा पुर्‍याउन टेलिकम साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ। बुधबार(हिजो) भएको सम्झौतामा कम्पनीका प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरे।

फोरजी एलटिई नमस्ते वाइफाईमार्फत टेलिकमले हाल इन्डिभिज्युअल प्याकेज र गभर्मेन्ट इन्स्टिट्युसनल प्याकेज उपलब्ध गराइरहेको जनाएको छ। इन्डिभिज्युअल प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड बेसिक आठ सय रुपैयाँमा ६० जिबी ३० दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी, एक वर्षका लागि नौ हजार रुयैयाँमा ७२० जिबी प्याक उपलब्ध छ।

यसलाई प्रति महिना ६० जिबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एडअन प्याकको रूपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ।

होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत एक हजार दुई सय रुपैयाँमा १२० जिबी प्याक उपलब्ध हुनेछ। यो ३० दिनसम्म प्रयोग गर्न सकिन्छ।  त्यसैगरी, एक वर्षका लागि १३ हजार पाँच सय रुपैयाँमा १,४४० जिबी प्याक उपलब्ध हुन्छ।

यसलाई प्रति महिना एक सय २० को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा छ सय रुपैयाँमा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ। गभर्मेन्ट इन्स्टिट्युसनल प्याकेजमा तीन हजार छ सय ५० र दुई हजार एक सय रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध छन्।

यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिन्छ। वार्षिक र अर्ध-वार्षिक रूपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको टेलिकमले बताएको छ। यसका बारेमा थप जानकारीका लागि टेलिकमको वेबसाइट हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार