प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन संवाद

काठमाडौं, १८ फागुन – रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेलामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

एन्टोनीले सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भएको जानकारी दिँदै युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे छलफल भएको उल्लेख गरेका छन् ।

ब्लिनकनले भनेका छन्, ‘रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार