अल्मुताइरीले १७ नयाँ खेलाडी बोलाए, छाडेका खेलाडीसँग सम्झौता नगर्ने संकेत

काठमाडौं, १६ वैशाख – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरूको विषयमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन् । उनले शुक्रबार १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । रोहित चन्दसहित मंगलबार राति राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले होटल छाडेका थिए ।

दस खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको अन्डरमा आफूहरू खेल्न नसक्ने बताएका थिए । त्यसको भोलिपल्ट मुख्य प्रशिक्षक अल्मुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपाल एएफसी एसियन कप २०२३ छनोटको तयारी छ । नेपालले छनोट प्रतियोगितामा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यसअघि नेपालले जेठ ११ र १५ गते कतारमा अफगानिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार