https://www.saurabhgroup.com/

आज भरतपुरमा सत्ता गठबन्धनको संयुक्त सभा, शीर्ष नेताले सम्बोधन गर्ने

भरतपुरमा जगन्नाथ पौडेललाई मनाउन देउवा आफै अघि सरे

काठमाडौं, २२ वैशाख – सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् ।

नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।

भरतपुर महानगरान सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ ।

भरतपुरमा जगन्नाथ पौडेललाई मनाउन देउवा आफै अघि सरे

नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण भरतपुरमा सत्तारुढ गठबन्धनलाई समस्या परेको छ ।

गठबन्धनले रेणु दाहाललाई समर्थन गरेको भए पनि नेपाली कांग्रेसबाट विद्रोही बनेर जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलले चुनाव लडेपछि रेणुको जितको लक्ष्यमाथि ठूलो अवरोध खडा भएको छ ।

यसैबीच पौडेललाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवा आफै अघि सरेका छन् । देउवा आज भरतपुर जादैछन् । यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए । विद्रोही उम्मेदवार बनेका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका छन् ।

देउवा र पौडेलबीच भेटघाटको बतारवरण मिलाउन नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी चितवनमा रहेका छन् । कांग्रेसभित्रको असन्तुष्टि अन्त्यका लागि सरलीकरणको काम भइरहेको नेता भण्डारीले बताएका छन्।  उनले स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टि अन्त्यका लागि कांग्रेस लागि परेको बताए । नेता भण्डारीले भने, “गठबन्धनलाई जिताउनु सबैको दायित्व हो । असन्तुष्टि मिलाउँदै जानुपर्छ ।”

कांग्रेस नेताहरूले प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो ।

पौडेललाई मनाउन गृहमन्त्री बालकृष्ण खाँड आफै पुगेका थिए तर उनलाई पनि फर्काइदिए । गृहमन्त्रीलाई नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुने ठाउँमा पुगेको जानकारी गराए ।

पौडेल विसं २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । वरिष्ठ अधिवक्ता पौडेल राष्ट्रियसभाको सदस्य भइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार