https://www.saurabhgroup.com/

छत्रदेव गाउँपालिकाकाे प्रमुखमा कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी

छत्रदेव, २ जेठ छत्रदेव गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमाले बाट मनि पन्थी  निर्वाचित हुनुभएको छ । अध्यक्षमा श्रेष्ठले ७ हजार ४०७ मत प्राप्त भएको छ ।

उपाध्यक्षमा नेकपा एमाले बाट मनि पन्थीले ७ हजार ५१९ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमालेका दिपक पन्थीले ७ हजार २२४ मत प्राप्त गर्नुभएको हो ।
२०७९ वैशाख ३० गते शुक्रवार सम्पन्न छत्रदेव गाउँपालिकाको पुरा मत परिणाम यस्तो छ:-
छत्रदेव गाउँपालिका प्रमुख
 दल   प्राप्त मत  हार /जित
संयुक्त गठबन्धन नेपाली कांग्रेस (चन्द्रमान श्रेष्ठ)  ७४०७  (विजयी)
नेकपा एमाले (दिपक पन्थी)  ७२२४
उपप्रमुख
  दल  प्राप्त मत  हार /जित
 संयुक्त गठबन्धन नेपाली कांग्रेस (ईन्दिरा भुसाल)  ७२३५
 नेकपा एमाले  (मनि पन्थी)  ७५१९   (विजयी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार