मनोज पाण्डे स्वयम्भुबाट पक्राउ, साक्षीका रुपमा माल्भिका सुब्बासँग बयान

काठमाडौं, ११ जेठ  – मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिताका प्रतिष्पर्धीलाई आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा प्रहरीले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग बयान लिएको छ ।  प्रकरणका मुख्य आरोपी मनोज पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भुबाट पक्राउ गरेको छ ।

घटनाको साक्षीकारुपमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दाका शाखाले सुब्बासँग मंगलबार बयान लिएको हो । सुब्बा प्रतियोगिताकी कोरियोग्राफर समेत हुन् ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार अनुसन्धानका सिलसिलामा घटनासँग जोडिएका विभिन्न व्यक्तिहरुसँग बयान लिने क्रम जारी छ । त्यहीक्रममा सुब्बालाई पनि बयानका लागि बोलाइएको थियो ।

बयानमा सुब्बाले पीडित किशोरीले त्यसवेला ‘ह्यारेसमेन्ट’ गरेको बताएको खुलाएकी छन् । तर आफूले त्यतिवेला टेलिफोन कुराकानीमा विस्तृत बुझ्न नपाएको र पछि पीडितसँग कुराकानी नभएको उनले भनेकी छन् ।

सुब्बाको बयानले घटनालाई पुष्ट्याइँका लागि मद्दत पुग्ने प्रहरीले जनाएको छ । घटनामा पीडितले उल्लेख गरेका अन्य केही व्यक्तिहरुलाई पनि साक्षीका रुपमा बयानका लागि बोलाउने प्रहरी तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार