पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

पोखरा, २० जेठ – उच्च अदालत पोखराले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । यसअघि तनहुँ र नवलपुर जिल्ला अदालतकै फैसलालाई बिहीबार उच्च अदालत पोखराले सदर गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसलालाई सदर गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार