काठमाडौं, ५ असार – काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जित्नुभएको हो । मिस नेपाल नम्रता श्रेष्ठले उहाँलाई ताज पहिर्याउनुभयो ।

उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।
सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्नुभएको छ । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।