नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ, ८ असार – सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गरेका र यसलाई अघि बढाउने निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनले केही प्रक्रियाहरू पुरा गरेर उक्त  विधेयक चाँडै सदनमा पेस गर्ने बताए ।

बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने निर्णय गरेको उनले जानकारी दिए। बैठकमा महँगीका बारेमा पनि छलफल भएको र यसलाई नियन्त्रण गर्न थप छलफल गर्ने कार्कीले बताए। बैठकमा मन्त्रिपरिषद् हेरफेरका बारेमा भने कुनै छलफल नभएको कार्कीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार