रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १० असार – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ ।

असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ । पार्टीको नाम स्वतन्त्र राखिएकामा विवाद भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार