सरकारले घटायो पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य

काठमाडौँ, ११ असार – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । 

मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए । उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार