मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एसका चार मन्त्रीहरु फेरिए, शपथ साेमवार बिहान ११ बजे

काठमाडौं, १२ असार – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्रीलाई हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले  मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

हेरफेर भएका सबै नेकपा एसका मन्त्रीहरु हुन् । जसमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

खापुुङ यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको शपथ साेमवार बिहान ११ बजे हुँदैछ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार