सुबिसु घरघरमा अभियान सुरु, ठाउँठाउँमा ‘मिटिङ प्वाइन्ट’ 

काठमाडौं, १३ असार — इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको हो ।

जसमार्फत कम्पनीका नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ, लेले लगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्नो प्याकेजहरूको बारेमा जानकारी दिँदै घरदैलो सम्पन्न गरिसकेको छ ।

घरदैलोका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको ‘मिटिङ प्वाइन्ट’ मा सम्पर्क राख्न सक्नेछन् । ‘क्याम्पेन’ सञ्चालन हुने स्थानका घरदैलोमा पुगेर कम्पनीका कर्मचारीहरूले आफ्नो सेवाको बारेमा जानकारी दिइरहेका छन् ।  आईप्लेक्स मल नयाँ बानेश्वर बाट राखिने ‘मिटिङ प्वाइन्ट’  क्रमशः काठमाडौं उपत्यकाका अन्य मुख्य मुख्य स्थानहरूमा समेत राखिने कम्पनीले जनाएको छ ।

अभियान अन्तर्गत विभिन्न स्थानमा दुई दिनसम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’ राखिनेछन् । यस क्रममा ग्राहकले आफ्नो नजिकै रहेको ‘मिटिङ प्वाइन्ट’मा गएर बिक्री र प्राविधिक सहायताको विषयमा जानकारी लिनुका साथै नयाँ कनेक्सनको लागि सोधपुछ गर्न सक्नेछन् ।

‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने दश जना ग्राहकलाई लक्की ड्रबाटै ३५ प्रतिशत छुट उपलब्ध गराइनेछ । साथै त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्र समेत गरिने र त्यसबाट दुई जना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार