कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप

नयाँ दिल्ली, १४ असार – भारतमा कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् ।

दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवन विरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवन विरुद्ध आरोप लगाएकी छन् ।

पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको एक प्रहरी अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार