चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ, २६ असार – नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डलका नेतृत्व गर्दै उनी काठमाडौँ आइपुगेका हुन् । काठमाडौँ आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

नेपाल बसाइका क्रममा लिउले  राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले बिहीबार बेलुकी पराष्ट्र मन्त्री खड्कासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।

केही दिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । केही दिन अघि उनले परराष्ट्र मन्त्री डा. खड्कासँग पनि भिडियो संवाद गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार