शरीरलाई चाहिने ९० प्रतिशत भिटामिन ‘डी’ सूर्यको प्रकाशमा पाइन्छ

तपाईंलाई धेरै थकाइ लाग्छ ? शरीर दुख्छ ? धेरै रोग लागेजस्तो हुन्छ ? यदि त्यस्तो छ भने तपाईंलाई भिटामिन ‘डी’ को कमी भएको हुनसक्छ। भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्। नेपालमा पछिल्लो समय भिटामिन ‘डी’को कमीले धेरैलाई सताइरहेको छ। अनेक किसिमका रोग लागेपछि कोही नसा रोगको शंकामा न्युरोलोजिस्टकहाँ पुग्छन् त कोही हाडजोर्नी, मधुमेह, थाइराइडको उपचार गर्न जान्छन्। ‘मधुमेह, नसा सबै सामान्य हुन्छ, परीक्षण गर्दै जाँदा भिटामिन ‘डी’ को कमी भेटिन्छ, पछिल्लो समय यो समस्या भयावह बन्दै गएको छ।

भिटामिन ‘डी’को कमीले अत्यधिक समस्या निम्त्यायो

बदलिँदै गएको जीवनशैलीले भिटामिन ‘डी’ कम हुने समस्या निम्त्याएको चिकित्सकले बताएका छन्। यो समस्या घरभित्रै काम गर्ने र सूर्यको प्रकाश शरीरमा नपर्नेमा बढी देखिएको चिकित्सक बताउँछन्। पछिल्लो समय नेपालमा विभिन्न भिटामिनको अवस्था परीक्षण हुन थालेपछि नेपालीमा भिटामिन ‘डी’ को कमी पहिचान हुन थालेको हो।

त्योभन्दा पनि घरभित्र काम गर्ने चलन बढेसँगै यो समस्या पनि बढेको हुनसक्ने उनीहरूको अनुमान छ। नेपालमा भिटामिन ‘डी’को अवस्थाबारे अध्ययन नभएकाले यकिन तथ्यांक नभएको चिकित्सक बताउँछन्।

विश्व स्वास्थ्य संगगठनले नसर्ने रोगमध्ये भिटामिन ‘डी’को कमी विश्वव्यापी समस्या बनेको जनाएको छ। पहिला युरोपियन मुलुक र केही विकसित मुलुकमा सीमित यो समस्या पछिल्लो समय विश्वभर फैलिएको स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा भिटामिन ‘डी’को अवस्थाबारे अध्ययन नभएकाले यकिन तथ्यांक भने छैन।

नेपालीमा भिटामिन ‘डी’ को समस्या बढ्नुका कारण

भिटामिन ‘डी’ को समस्या नेपालमा मात्र नभएर अहिले विश्वव्यापी रूपमा नै बढेको छ। विभिन्न मेडिकल साइडहरू जस्तो ‘पब मेट’ भन्ने साइडमा हेर्‍यौँ भने ८० हजार भन्दा बढी भिटामिन ‘डी’सँग सम्बन्धित लेखहरू पाइन्छन्।

वीर अस्पतालमा कार्यरत सिनियर फिजिसियन डाक्टर मिलन खड्का भन्छन्, ‘यो रोगबाट के थाहा हुन्छ भने विश्वव्यापी रूपमा नै यो समस्या अहिले बढेको छ। डा. खड्काका अनुसार नेपालको यकिन तथ्याङ्क नै भनेर कुनै तथ्याङ्क सार्वजनिक भएको छैन। तर, २००७ मा पूर्वमा एउटा अनुसन्धान हुँदा ७३ प्रतिशत बिरामीलाई भिटामिन ‘डी’को कमी देखिएको थियो।

‘काठमाडौँमा पनि २००० मा गरिएको अध्यायमा ५७ प्रतिशत जति बिरामीलाई देखिएको छ, यो पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ,’ खड्का भन्छन्।

हाम्रो मुलुकमै गरिएका विभिन्न अध्ययनका अनुसार, यहाँको करिब ८५ प्रतिशत जनसंख्यामा भिटामिन ‘डी’ को कमी पाइएको छ। छिमेकी मुलुक भारतमा समेत ८०–९० प्रतिशत जनसंख्यामा यो भिटामिनको न्यूनता रहेको विभिन्न अध्ययनमा पाइन्छ।

नेपाली महिलामा कमी देखियो भिटामिन ‘डी’

पछिल्लो समय नेपालीको खानपिनमा नै भिटामिन ‘डी’ को कमी देखिन्छ। महिलामा हुने हार्मोन बढाउन भिटामिन ‘डी’को आवश्यकता पर्दछ। तर, पुरुषको हार्मोनहरू बढाउन भने भिटामिन ‘डी’ आवश्यक पर्दैन। पछिल्लो समय महिला धेरै कार्यालयमा नै सीमित हुनेक्रम बढ्दो, धेरै घाममा नबस्ने गर्दा पनि समस्या बढेको डाक्टर खड्का बताउँछन्।

उनी थप्छन्, ‘अहिले हाम्रो घरको बनावट नै घाम नछिर्नै प्रकारको छ। त्यसैले समस्या बढाएको हो। ’

भिटामिन ‘डी’ ले के काम गर्छ ?

हाम्रो शरीरमा वोन स्वस्थ हुनका लागि भिटामिन ‘डी’ को महत्त्वपूर्ण भूमिका रहेको छ। यसले मांसपेशीका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। भिटामिन ‘डी’ को कमी भएको मानिसमा अरू मानिसको तुलनामा धेरै रहरू लाग्ने, कोभिडका समयमा पनि अन्य मानिसको तुलनामा बढी सिकिस्त हुने विभिन्न अध्ययनले देखाएका छन्। यसको कमीले क्यान्सर, डाइबेटिजजस्ता घातक रोग पनि लाग्न सक्ने सम्भावना रहन्छ।

भिटामिन ‘डी’ ले बच्चामा सामान्य वृद्धि र विकास गर्न योगदान गर्ने अनुसन्धानले देखाएको छ। यी प्राथमिक फाइदाको साथसाथै अनुसन्धानले देखाउँछ कि, भिटामिन ‘डी’ले डिप्रेसन कम गर्न र केही क्यान्सरविरूद्ध संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्नसक्छ।

भिटामिन ‘डी’को कमी भएमा के गर्ने ?

भिटामिन ‘डी’को कमी भएमा सुरुमा कुनै लक्षणहरु देखिँदैन। पछि बिरामीलाई अत्यधिक थकाइ लाग्ने समस्या हुन्छ। यस्तै मांशपेशी दुख्ने, हड्डीहरु खिइने समस्या पनि देखा पर्ने सम्भावना हुन्छ।

यस्तै बारम्बार पिसाब फेर्न मन लाग्ने, जाँचका क्रममा क्याल्सियम कम देखिने लगायतका समस्या हुन सक्छन्।

यस्तै फसफोरस लेभल कम आउने तथा दिग्भ्रमित हुने वा अलमलमा पर्ने समस्या पनि देखा पर्छ। यस्तै पेट दुख्ने, मांशपेशी कमजोर भएको महसुस हुने, दिशामा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने, तिर्खाएको महसुस हुनेसमेत हुन्छ।

समयमा नै अस्पताल नपुग्दाको असर

यस्तो अवस्थामा यदि समयमा अस्पताल पुगिएन भने हात बाउँडिने, धेरै झमझमाउने समस्या देखा पर्छ। साथै नशामा समस्या आउन सक्छ। घाउ चोट समयमा निको नहुने भयो भने पनि भिटामिन ‘डी’ को कमी भएर हुन्छ।

भिटामिन ‘डी’ बढी भए के हुन्छ ?

भिटामिन ‘डी’ दुई प्रकारको हुन्छ। एउटा, बोसो घुलनशील भिटामिन। यो चाहिनेभन्दा बढी प्रयोग गरियो भने यो बोसोमा गएर जम्मा हुन्छ र चाहिनेभन्दा बढी लेबल आउँछ। हामीले खाएको खाना भिटामिन ‘डी’ नभए आन्द्राबाट पच्न सक्दैन। त्यसकारण मानिसमा थकाइ लाग्ने समस्या देखिन्छ।

हाम्रो शरीरमा चाहिने भिटामिन ‘डी’को मात्रा

नेपालमा हालसम्म कति चाहिन्छ भनेर अनुसन्धान भएको छैन। कति ठाउँमा २५ न्यानो ग्राम पर एमएल भिटामिन ‘डी’ डिफिसेन्सी चाहिन्छ भनेर भनिन्छ।

कतिपय ठाउँमा ३० भन्दा माथि भयो भने भिटामिन ‘डी’ डिफिसेन्सी पुगेको मानिन्छ। नेपालमा वर्गीकरणका आधारमा २० भन्दा तल भयो भने डेफिसेन्स भन्छन्। २० देखि २९ न्यानो ग्राम पर एमएल भयो भने रिन सफिसेन्स भनिन्छ। ३० देखि १०० ग्राम पर एमएल भिटामिन ‘डी’को लेबल छ भने त्यसलाई नेपालको सन्दर्भमा नर्मल मानिन्छ।

भिटामिन ‘डी’को उपचार प्रक्रिया

हाम्रो शरीरमा चाहिने भिटामिन ‘डी’ ९० प्रतिशत सूर्यको प्रकाशबाट नै आउँछ। १० प्रतिशत मात्र बाहिर खानेकुराबाट लिने हो। हप्ताको ३ देखि ४ दिन कम्तीमा १० देखि २० मिनेट घाममा बस्ने गर्दा यसले फाइदा पुर्‍याउँछ।

त्यसबाट भिटामिन ‘डी’ पर्याप्त मात्रामा पाइन्छ। १० देखि २० मिनेट सन्सक्रिनहरु लगाएर हात खुट्टा र छालामा घाम पर्ने गरी घाममा बस्दा केही नराम्रो असर हुँदैन।

खानेकुरामा दूध, दही, पनिर, अण्डा, सालमोन, माछा, च्याउ, सिस तेल लगायतका भिटामिन डी को क्याप्सुल पनि प्रयोग गरिन्छ।

भिटामिन ‘डी’को कमी भएकाले ध्यान दिनुपर्ने कुरा

मुख्यतया त घाममा नै बस्ने, यदि भएन भने भिटामिन ‘डी’ को क्याप्सुल प्रयोग गर्दा हुन्छ। ६०० अन्तर्राष्ट्रिय युनिटको क्याप्सुल हुन्छ। त्यो हप्तामा एकपटक सेवन गरेर ८ देखि १२ हप्ता खाएपछि सामान्य अवस्थामा आउँछ। त्यसपछि फेरि जाँच गर्न सकिन्छ। बच्चाका लागि दुई हजार अन्तर्राष्ट्रिय युनिटको क्याप्सुल आउँछ। त्यो दिनमा एउटा खाँदा राम्रो हुन्छ।

युवाले हप्तामा एउटाभन्दा बढी क्याप्सुल खाँदा समस्या

यो पनि अवस्था हेरेर हुन्छ। एक युवकले ६०० अन्तार्राष्ट्रिय युनिटको प्रतिदिनका दरले महिनामा १ लाख ८० हजार हुन्छ। त्यो क्याप्सुल खायो भने २ लाख ४० हजार हुन्छ। त्यो धेरै लामो समयमा खायो भने टकसिटी हुन्छ। छोटो समयसम्म खान सकिन्छ।

जान्नैपर्ने कुरा

भिटामिन ‘डी’ प्रत्येक बिरामीलाई हेर्दा सफिसियन भिटामिन ‘डी’ भएको बिरामी कम हुन्छन्। त्यसैले सबै जनाले घाममा पर्याप्त मात्रमा बस्नुपर्छ। घाममा बस्दा बिहान नौ बजेभन्दा अगाडिको घाममा बस्दा धेरै राम्रो हुन्छ। बिहानको घाममा बस्दा एकै प्रकारको अल्ट्राभाइलेट हुन्छ। त्यसमा बस्दा पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ

भिटामिन ‘डी’ युक्त खानेकुरा खानुपर्छ। माछा, साल्मनहरू खाने गर्नुपर्छ। भिटामिन ‘डी’ को कमी भयो भने धेरै रोगहरू लाग्ने र स्वास्थ्यमा गम्भीर समस्या निम्तिने हुन्छ। त्यसैले बेलैमा ध्यान दिनु आवश्यक छ।

(सिनियर फिजिसियन डा. मिलन खड्कासँग खबरहबकी विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार