काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग विगत राख्दै बीसौं पटकको आमरण अनसन बसिरहेका डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आएका छन् । १० दिनदेखि कैलालीको धनगढीमा अनसनरत केसी बुधबार साँझ आफ्नै खर्चमा काठमाडौं आएका हुन् ।
सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं आएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं लैजान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं आएको सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।