काठमाडौं – सत्याग्रही डा. गोविन्द केसीको आमरण अनसन तोडिएको छ । बीसौं पटकको आमरण अनसन अन्तर्गत विगत १३ दिनदेखि अनसनमा रहेका केसीको पक्ष र सरकारी पक्षबीच १० बुँदे सहमति भएसँगै डा. केसीले आमरण अनसन तोडेका हुन् ।
कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३ औं दिनमा अनसन तोडेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
तर त्यसमा सम्बोधन नभएको ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मापदण्डबिना नियुक्त भएका पदाधिकारीहरुलाई पदमुक्त गरियोस्’ भन्ने माग कायमै रहेको डा. केसीले विज्ञप्ति जारी गर्दै जनाएका छन् । उनले त्यसका लागि आफू निरन्तर संघर्षमा रहने पनि बताएका छन् ।
केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ। उनी थप उपचारको लागी केहि दिन अस्पतालमै रहने छन् ।