ADBL ad ver 1

ADBL ad ver 1

पार्टी कार्यालयमा धर्ना दिएको कांग्रेसको असन्तुष्ट पक्षले चियापान गर्दै

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज चियापान कार्यक्रम गर्दैछ। दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि उक्त समूहले संघर्षकै रूप भनेको छ।

काठमाडौंको बत्तिसपुतलीमा आज बिहान ८:१५ मा चियापान गर्ने र भावी रणनीति तय गरिने नेताहरूले बताएका छन्। चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।

कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए। तर यो धर्नामा कोइराला र थापा भने उपस्थित भएका थिएनन्।

जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायतले समान अवसर र न्यायका लागि भन्दै आन्दोलन गरिरहेका छन्। पार्टीले असोज ३ मा निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न पनि उनीहरूले माग गरेका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले  उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यावस्थापन गर्न नजान्दा पार्टीमा झन् समस्या बढ्दै गएकोे उल्लेख गर्दै भने, ‘पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन, मैले पनि ढंग पुर्‍याउन सकिन’  थापाले बताए ।

सभापति शेरबहादुर देउवाले समानुपातिक सूची स‌ंशोधन गर्न सकिने भने पनि उनीहरूले आन्दोलनका पूर्ववत कार्यक्रमलाई जारी राखेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार