‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाका बिजेता घोषणा

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोस्रोे महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् ।

सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार