लालबाबुसँग फराकिलो मतान्तर लिंदै मोरङ ६ बाट शेखर कोइराला निर्वाचित

काठमाडौं, ९ मंसिर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला फराकिलो मतान्तरले मोरङ क्षेत्र ६ मा विजयी भएका छन् । एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तर निकाल्दै शेखर कोइराला विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् ।  पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् । गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार