एमालेकी चौधरीलाई हराउँदै परराष्ट्रमन्त्री खड्काले जिते

काठमाडौं, १४ मंसिर – उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्रमन्त्री नारायण खड्का विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु कुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन्  ।

कांग्रेसका उम्मेदवार खड्का ३१ हजार २७० मतका साथ विजयी हुँदा एमालेकी चौधरी ले२८ हजार ८९१ मत प्राप्त गरिन्  । यस क्षेत्रमा  ०६४ यता खड्काले लगातार जित्दै आएका छन् ।  यो उनको चौथो जित हो ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे । यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार