प्राइम बैंकद्धारा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान प्रदान

काठमाडौं – प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई उपकरण जडित मोबाइल भ्यान सहयोग प्रदान गरेको छ । स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पुर्‍याउने उद्देश्यले यो उपकरण फाउन्डेसनलाई प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले फाउन्डेसनलाई उपकरण हस्तान्तरण गरे । ‘दुर्गम गाउँ तथा कुना कन्दराको त के कुरा, शहरका टोल टोलमा समेत पहिला नै आवश्यक नियमित जााच गर्ने प्रचलन छैन’, उपकरण हस्तान्तरणपछि बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘कतिपयले रोग थाहा नै नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । गाउँ तथा शहरी क्षेत्रका महिलाहरु, विशेषगरी स्तन र पाठेघरको क्यान्सरको बढी जोखिममा छन् । यो सहयोगले क्यान्सर परीक्षणको दायरा बढाउन मद्दत पुग्ने विश्वास छ ।’

नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार