धरौटीमा रिहा भए सन्दीप लामिछाने

काठमाडौं, २९  पुस –  राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर  रिहा भएका हुन् ।

उनलाई केन्द्रीय कारागारबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् । बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो। लामिछानेको शुक्रवार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार