सौन्दर्य प्रतियोगिताको आवरणमा बलात्कार गरेको आरोपमा मनोज पाण्डे दोषी ठहर

काठमाडौं, ११ माघ – सौन्यर्य प्रतियोगताको आडमा यौन शोषण गरेको आरोप लागेका मनोज पाण्डेलाई जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनलाई डिल्लीबजार कारागार पठाइएको उनले बताए ।

गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेका थिए ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि प्रहरीले मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार