स्वाथ्य र वातावरणका लागि हाफ म्याराथन, सेलिब्रेटीहरु सहभागी हुदै

काठमाडौँ – काठमाडौँमा ‘रन फर इन्भायरोमेन्ट’ हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।  नेपाल चलचित्र कलाकार संघ, कान्ति कल्चरल सेन्टर र दिल कुमारी केसी मेमोरियल फाउन्डेसनको आयोजनामा माघ १४ गते ३ किलोमिटरको सेलिब्रेटी रोड रेस प्रतियोगिता हुन लागेको हो ।

माघ १४ गते शनिबार बिहान ८ बजेदेखि शुरु हुने यस म्याराथन महाराजगन्जस्थित राष्ट्रपति निवासको अपोजिट रहेको कान्ति कल्चरल सेन्टरको ग्राउण्डबाट शुरु भएर लाजिम्पाटस्थित होटल एम्बासडरसम्म पुगेर टुंगिने छ ।

यस म्याराथनमा महानायक राजेश हमाल, महजोडी, भुवन केसी, धिरेन शाक्य, गायक प्रकास सपुत, जितु नेपाललगायत नेपाली सिनेमा क्षेत्रका कलाकारहरुको सहभागिता हुने दिल कुमारी केसी मेमोरियल फाउन्डेसनका सदस्य नवराज केसीले  जानकारी गराए । केसीले स्वाथ्य र वातावरणका लागि जनचेतना फैलाउन यो म्याराथन अबदेखि हरेक बर्ष आयोजना गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार