काठमाडौं, १५ माघ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
भेटवार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइराखेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी गराउनुभयो।
गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।