नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा राष्ट्रिय बाणिज्य बैंक सम्मानित

काठमाडौं, १७ माघ – नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा राष्ट्रिय बाणिज्य बैंकलाई नेपाल टेलिभिजनले सम्मानित गरेको छ । सिंहदरबारमा भएको नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहमाका सम्मान पत्र प्रदान गरि सम्मान गरेको हो ।

राष्ट्रिय बाणिज्य बैंकले नेपाल टेलिभिजनस‌ग सहकार्यगरी आम जनताकालागि समग्र बैंकिङ क्षेत्रको प्रबद्घन हुनेगरि लागि वित्तिय साक्षरता सहितका राष्ट्रिय बाणिज्य बैंक सम्बन्धि उत्कृष्ट सार्वजनिक महत्वका सूचना, सन्देश तथा जानकारीहरु प्रशारण गर्न सफल भएकोमा सम्मानित भएको हो । ।

म‌‌गलबार सिंहदरबारमा भएको नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सन्चार मन्त्रि रेखा शर्मा, नेपला टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह, महाप्रबन्धक  फुलमान बल तथा सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार