काठमाडौं, २५ माघ – राष्ट्रिय वाणिज्य बैंकले बैंकको लोगो तथा बैंकसँग सम्बन्धित तस्बिर राखी सामाजिक संजालमार्फत विभिन्न प्रकारका लिंकहरु प्रयोग गरेर ठगी गरेको गुनासो आएको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । सूचना जारी गरी बैंकले यस्ता गुनासा सेवाग्राहीबाट आएकाले बैंकले यस प्रकारका सामाजिक संजालमार्फत चिठ्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको बताएको छ ।
खाताको केवाईसी अपडेट गर्ने प्रयोजनका लागि भनेर वा अन्य कुनै प्रयोजनका लागि ओटीपी, लिंक, पिन कोड तथा पासवर्ड जस्ता सूचनाहरु बैंकले नमाग्ने भन्दै बैंकले कसैले यस प्रकारको गोप्य सुचना तथा नम्बर मागेमा उपलब्ध नगराउन आग्रह गरेको छ ।
सूचना जारी गरी बैंकले यस्ता गुनासा सेवाग्राहीबाट आएकाले बैंकले यस प्रकारका सामाजिक संजालमार्फत चिठ्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको बताएको छ ।
खाताको केवाईसी अपडेट गर्ने प्रयोजनका लागि भनेर वा अन्य कुनै प्रयोजनका लागि ओटीपी, लिंक, पिन कोड तथा पासवर्ड जस्ता सूचनाहरु बैंकले नमाग्ने भन्दै बैंकले कसैले यस प्रकारको गोप्य सुचना तथा नम्बर मागेमा बैंकको कल सेन्टरको फोन नं.०१ ५९७००१८मा जानकारी गराउन बैंकले आग्रह गरेको छ ।